२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस १४ औँ वडा अधिवेशन : 'सर्वसम्मत नेतृत्व चुन्न आग्रह'

शुक्रवार , कार्तिक २६, २०७८


ढल्केबर, कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन ।  शुक्रबार धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा आयोजित नेपाली काँग्रेसको १४ औँ वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले सो कुरा बताए । 
जनताको हितभन्दा ठूलो नेता र पार्टी नहुने भन्दै उहाँले जनताको हितमा काम गरेर आउँदो चुनावमा नेपाली काँग्रेसलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । 
पूर्वमन्त्री यादवले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार सबै तहका प्रतिनिधित्व गराउनुपर्ने बताए । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार