२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

प्रदेश २  : ' काँग्रेस वडा अधिवेशन प्रक्रिया आजदेखि हुँदै '

शुक्रवार , कार्तिक २६, २०७८


जनकपुर, कात्तिक । प्रदेश २ का आठ जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लागेपछि वडा अधिवेशनका लागि सक्रियता बढेको छ । शनिबारबाट वडा अधिवेशन सुरु गरिने नेपाली काँग्रेस जिल्ला कार्य समितिले जनाएको छ । 
सप्तरी जिल्लाको वडाको अधिवेशन आगामी शनिबार गर्ने तय गरेर अधिवेशनको प्रक्रिया अगाडि बढाइएको जिल्ला सभापति दिनेशकुमार यादवले सञ्चारकर्मीलाई  जानकारी दिएका छन ।  उनले जिल्लामा रहेका कुल १६४ वटा वडाको क्रियाशील सदस्यको सूची प्राप्त भइसकेको  पनि जनाए । प्रत्येक वडाका क्रियाशिल सदस्यको सूची पठाउने कार्य भइरहेको उनले बताए  । 
यस्तै धनुषामा २८ गते वडा अधिवेशन गर्ने निर्णयअनुसार अधिवेशनको आवश्यक प्रक्रिया सुरु भइसकेको जिल्ला सभापति महेशशङ्कर गिरीले जानकारी दिए । यस जिल्लाका १६९ वटा वडामा कुल २४ हजार ५०० क्रियाशील सदस्यको सूची प्राप्त भएको उहाँले बताउनुभयो । जिल्लाका ७५ प्रतिशत वडामा निर्विरोध नेतृत्व चयन हुने सम्भावना रहेको सभापति गिरीले बताए । 
यसैगरी, सिरहाका १६५ वटै वडाको २७ गते अधिवेशन गर्ने निर्णयअनुसार अधिवेशनको प्रक्रिया अगाडि बढेकोे नेपाली काँग्रेस जिल्ला कार्यालय सचिव रामबाबु यादवले जानकारी दिएका छन  । उनले जिल्लामा ११ हजार ५०० क्रियाशील सदस्यको सूची प्राप्त भएको बताए  ।
प्रदेश २ का आठ जिल्लासहित १३ वटा जिल्लाको बाँकी रहेको क्रियाशील सदस्यता विवाद चार दिनअघि टुङ्गो लागेलगत्तै आकाङ्क्षीको दौडधुप सुरुभएको छ । वडा सभापतिसहित पदाधिकारी, प्रतिनिधि, सदस्यलगायतका सम्भावित उम्मेदवारले क्रियाशील सदस्यसँग भेटघाट, छलफललाई तीव्र पारेका छन् । अधिकांश वडाको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना रहेको बताइएको छ ।
चौधौँ महाधिवेशनका लागि बाँकी रहेका जिल्लाको पछिल्लो अधिवेशन तालिकाअनुसार कात्तिक २७ गते वडा, ३० गते पालिका, मङ्सिर ३ गते प्रदेश सभा, मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र, मङ्सिर १० गते जिल्ला, मङ्सिर १६, १७ गते सातवटै प्रदेश अधिवेशन भइरहेको छ । यस्तै मङ्सिर २७ देखि पुस १ गतेसम्म केन्द्रीय महाधिवेशको मिति तय गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार