झापा, कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश १ को प्रदेश अधिवेसनको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । शुक्रबार विहान दमकमा पत्रकार सम्मेलन गरी दमकमा हुने अधिवेसनको तयारी भएको जानकारी दिईएको हो ।
प्रदेश संयोजक राम थापाका अनुसार पहाडी जिल्ला तथा टाढाबाट प्रतिनिधि आउने क्रम शुरु भएको छ । पहिलो पटक हुन गईरहेको प्रदेश अधिवेसनमा यस प्रदेशका १४ जिल्लाबाट ५५४ जना प्रतिनिधिसहित पर्यवेक्षक र अन्य गरेर एक हजार जना सहभागी हुने पनि थापाले जानकारी दिएका छन ।
यही आँउदो कात्तिक २८ गते आईतबार र सोमबार अधिवेशन हुँदैछ । सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास हुने र त्यो नभएमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचन समिति बनाइसकिएको समेत थापाले बताए । उनले आफूले पनि प्रदेश अध्यक्षमा इच्छा राखेको जानकारी दिए ।
झापाकै राप्रपाका नेता भक्ति सिटौलाले पनि प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । यसैबीच पार्टी अध्यक्ष कमल थापाले अधिवेसनको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको राप्रपाका क्षेत्रीय अध्यक्ष भिम पौड्यालले बताए ।