२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : 'पदाधिकारीमाथि कार्वाहीको सिफारिस' 

शुक्रवार , कार्तिक २६, २०७८

 

धरान, कात्तिक  । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे गठित छानबिन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।  प्रतिष्ठानमा देखिएको समग्र समस्याका साथै त्यहाँ भएको आर्थिक अनियमितता र भ्रष्टाचारका विषयका साथै पदाधिकारीहरुका विषयमा छानविन गर्ने उद्देश्यले गठित समितिका संयोजक एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, सदस्य स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र धरानका प्रमुख तिलक राईले प्रतिष्ठानका कुलपति, प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार प्रतिवेदन बुझाएका छन ।  
वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहनुभएका धरानका प्रमुख राईले प्रधानमन्त्री देउवाले दिनुभएको निर्देशन अनुसार गठित तीन सदस्यीय छानविन समितिले प्रतिष्ठानका पदाधिकारीका सन्दर्भमा सुक्ष्म छानविन गरी प्रतिवेदन बुझाएको जानकारी दिएका छन । 
प्रतिवेदनमा प्रतिष्ठानका वहालवाला उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । 
प्रमुख राईले अब चाँडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडि बढाईने बताए । प्रष्ठिानका तत्कालीन रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आफ्नो पदबाट राजिनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिदलगायत आर्थिक अपचलन र भ्रष्टाचारको विषयमाथि पनि आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिश गरिएको जानकारी समेत प्रमुख राईले दिए । उनका अनुसार राजीनामा दिए पनि तत्कालीन रजिष्ट्रार रेग्मीको कार्यकालमा व्यापक अनियमितता र भ्रष्टाचार ठहर गरी समितिले आवश्यक कारवाही गर्न प्रतिवेदनमार्फत सिफरिस गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार