२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

रक्षामन्त्री डा. रिजाल भन्छन 

गठबन्धन सरकार : "कहिलेसम्म रहने भन्ने निर्णय भएको छैन " 

'एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याउनका लागि मात्र गठबन्धन नभएको'

शुक्रवार , कार्तिक २६, २०७८


उर्लाबारी, कात्तिक  । नेपाली कांग्रेसले वर्तमान सरकारको गठबन्धन कहिलेसम्म रहने भन्ने विषयमा कुनै निर्णय नगरेको रक्षामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद  रिजालले बताएका छन ।  
शुक्रबार बेलबारीमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले भने,   एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याउनका लागि मात्र गठबन्धन नभएको उल्लेख गरेका छन । 
गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा मन्त्री रिजालले  थपे, कांग्रेसले कसैलाई एक्ल्याउने र कसैसँग गबबन्धन गर्ने कुरा राजनीतिक मुद्धाका आधारमा गर्छ  ।  
केही दिनअघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनाबसम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा कांग्रेस नरहेको प्रष्ट पारे ।  
मन्त्री रिजालले भन,े नेकपाको सरकार सर्बसत्तावाद  र अधिनायकवादतर्फ  उन्मुख भएकाले संविधानको रक्षाका लागि कांग्रेसले पाँच दलीय गठबन्धन बनाएको हो । अघिल्लो सरकार रहि रहेको भए वर्तमान संविधान जिवित नरहन सक्थ्यो । कांग्रेस संविधानको संरक्षण गर्न प्रतिवद्ध छ ।
उनले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री रिजालले  भने, विश्वभर नै उच्च राजनीतिक प्रतिष्ठा स्थापना गरेर गिरिजाप्रसाद कोइराला अस्ताए ।  उनले नेपाली नागरिकका लागि गर्नु भएको योगदान नेपाली राजनीतमा सधैं अजर र अमर रहने बताउदै भने,  म धेरै बोल्छु, त्यसैले मलाई प्रधानमन्त्रीले कम बोल्नुपर्ने रक्षा मन्त्रालयको जिम्मेवारी दिए ।  सूचना ,सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की  कम बोल्नु हुन्छ, त्यसैले उहाँलाई बढी बोल्नुपर्ने मन्त्रालय दिए । 
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, पूर्व राज्यमन्त्री दिलिपकुमार गच्छदार, मोरङ कांग्रेसका उपसभापति भक्तिनाथ माझी, सचिवद्वय नागेश कोइराला र मोदराज घिमिरे, सुन्दर हरैचाका नगरप्रमुख शिवप्रसाद ढकाल, नेपाल पत्रकार महासंघ प्देश नं. १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, प्रेस युनियन मोरङका उपाध्यक्ष हरिप्रसाद कोइराला लगायतले बोल्नु भएको थियो ।  
कार्यक्रममा मन्त्री रिजालले पत्रकारहरू शेखर रेग्मी, कुमोद अधिकारी र दिनेशप्रसाद गिरीलाई गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन । पुरस्कारको राशी जनही १५ हजार रुपियाँसहित प्रमाण पत्र र दोसल्ला रहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार