२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्बोच्चको विवाद उत्कर्षमा : आज प्रधानन्यायधीश  जबरालाई अदालत पस्न नदिइने 

शुक्रवार , कार्तिक २६, २०७८

 

काठमाडौं, कात्तिक ।  लामो समयदेखि  चर्केको सर्वोच्च अदालतको विबाद उत्कर्षमा पुगेको छ ।  सो बिबाद चर्केर अहिले  नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने  कार्यक्रम राखेको छ ।  
शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाल बार एशोसिएसनका अनुसार, आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न रोक्ने कजर्नाको छ । 
कानून व्यवसायी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने मूलगेटमा धर्ना बस्ने भएका छन् । तर सर्वोच्च अदालतले थप सुरक्षा बल मगाई कडाइ गरेकाले कानून व्यवसायीलाई धर्नास्थल नै जान नदिने रणनीति बनाएको छ । 
प्रहरीले बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने भित्री ढोकामा नै अवरोध गरेमा कानून व्यवसायीहरु सडकबाटै सर्वोच्च अदालतको मुलगेटमा गएर धर्ना दिने योजना बनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।

कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।
आन्दोलनको क्रम अन्तर्गत नै कानुन व्यवसायीले कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले पनि मुद्दाको सुनुवाइ गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार