काठमाडौं, कात्तिक । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन नजिकिदै जाँदा नेता तातिन थालेका छन । सोही अनुरुप आज वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना पक्षमा रहेका केन्द्रीय सदस्यको बैठक बस्ने भएको छ ।
यसैगरी हिजो नै पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले छलफल राखेका छन भने उनले यसअघि यस्तो आफू पक्षधरको बैठक राखेका थिएनन् । अब पार्टीको क्षेत्रीय, जिल्ला तथा प्रदेश कमिटिको निर्बाचन निकै तातीएका बेला यस्ता बैठकहरु बस्न थालेका हुन ।
यसैबीच केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका हुन् । बैठक आज दिउँसो बस्ने छ ।
पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यको बैठक बोलाएको जनाइएको छ ।