२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपसभापति निधि - स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता

बिहिवार , कार्तिक २५, २०७८


काठमाडौँ, कात्तिक ।   स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेटवार्ता भएको छ ।स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको  टोली  निधि निवास वानेश्वरमा  भेटवार्ता भएको हो । सो भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयता कार्यान्वयन तथा संक्रमणकालीन न्यायका बारेमा सरोकार राखेको  जनाइएको छ । 
 उपसभापति निधिले विकास निर्माणका क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन  गर्नुभएको थियो । 
निधिले नेपालमा कृषि, जलविद्युत्‌ क्षेत्रमा लगानी गर्न लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए । नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झन्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश १ का विभिन्न  जिल्लामा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित उच्च अधिकारीहरु मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार