काठमाडौं, कात्तिक । नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा शुक्रबार दिउँसो २ बजे बस्ने छएको छ । सो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने खतिवडाले बताएका छन ।