२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गृहमन्त्री  खाँणले भने :  ‘सरकार  मैथिली संस्कृति विकासका लागि प्रतिबद्ध’ 

मंगलवार , कार्तिक २३, २०७८

 

जनकपुरधाम, कात्तिक  ।  गृहमन्त्री बालकृष्ण खाँणले ‘विभिन्न भाषा, भेष र संस्कृतिले हाम्रो देश भरिएको र सबै  किसिमका संस्कृति र परम्परालाई गर्नुपर्ने बताएका छन ।  
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार मैथिली विकास कोषद्वारा आयेजित सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले भने, मिथिला संस्कृति मिथिलावासीका लागि मात्र नभएर नेपालको गहना हो ।   
मन्त्री खाँणले तराई–मधेश, पहाड र हिमालको संयोजन नेपाल हो । नेपालमा विभिन्न भाषा, भेषभुषा, जाति, धर्म, संस्कृति र संस्कार रहेको बताउँदै विविधतालाई संयोजन गर्नु नेपालीको कार्तव्य रहेको उल्लेख  गरे । 
उनले, ‘आफ्नो भाषा संस्कृतिलाई सबल र समुन्नत राख्नुका साथै अरुको भाषा संस्कृतिलाई पनि सम्मान गर्नु सबै नेपालीका लागि महत्वपूर्ण विषय रहेको बताए ।  
उनले, ‘मैथिली भाषा र संस्कृति विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै भने, सरकारले ठोस कदम चाल्छ । मन्त्री खाँणले पहिले नेपालमा ‘एउटै भाषा एउटै देश’ भन्ने नारा लागेको पनि चर्चा गरे । 
उक्त कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले व्यापास सम्बन्धमा, नेपाली कांग्रेस धनुषाले मधेश विकासको मेरुदण्डका रुपमा रहेको धनुषा र सिरहा जोड्ने कमला नदीमा रहेको पुल पुनः सञ्चालन सम्बन्धमा, मैथिली विकास कोष तथा राहत शिक्षक संघले गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए । 
कार्यक्रममा आयोजक संस्थाले मन्त्री खाँणलाई सम्मान स्वरुप मिथिला चित्रकला समेत दिएको थियो ।  उक्त कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, कांग्रेसका नेता महेन्द्र यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार