२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गृहमन्त्री खाँडले भने : 'नागरिकता विधयेक छिटो पास हुन्छ'

सोमवार , कार्तिक २२, २०७८


जनकपुरधाम, कात्तिक ।   गृहमन्त्री बालकृष्ण खाँणले सरकारको मल प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको कारण महत्वपूर्ण नागरिकताजस्ता विधयेक पास हुन नसकेको बताएका छन ।  साथै  नियमित रुपमा सदन संचालन गर्न प्रतिपक्षी दलसँग आग्रह  गरे ।  
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको विमानस्थलमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा गृहमन्त्री खाँणले, ‘ न्यापालिकाको विवाद सम्वेदलशील तथा गम्भिर रहेको टिप्पणीे गर्दै विवाद छिटोभन्दा छिटो सुल्झ्यिाउनु पर्ने बताएका हुन । । उनले, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र रुपले चल्नुपर्ने समेत बताए ।  
यसैगरी मन्त्री खाँणले,‘ नागरिकताको समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताउँदै नागरिकता ऐन छिटोभन्दा छिटो पास गर्ने जानकारी दिए । 
उनले,‘सरकार र राज्यको पहिलो दायित्व नागरिकको जिवन रक्षा हो । कुनैपनि नेपाली नागरिकले नेपालको जुनसुकै भागमा स्वतन्त्रतापूर्वक बाच्न पाउने उसको अधिकार हो । त्यसको सुनिश्चितताको लागि सरकार सदैव प्रयत्नशील रहेको बताए  । जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनदै सुरक्षा व्यवस्थालाई अझै सुधार्ने समेत जानकारी दिए ।  
गृहमन्त्री खाँणल भने,‘ नेपाली कांग्रेस रोकतन्त्रिक पार्टी रहेको बताउदै यसको गतिविधिले अन्य पार्टीलाईपनि प्रभाव पर्छ ।’  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार