२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जलेश्वर : छात्रालाई साईकल वितरण

सोमवार , कार्तिक १५, २०७८

 

जलेश्वर, कात्तिक  । महोत्तरी जिल्ला मटिहानी नगरपालिकाले आफ्नो सेवा क्षेत्रमा रहेको श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । 
विद्यालयमा साईकल पाएपछि छात्राको पढाईप्रति आकर्षण बढेकाले मटिहानी नगरपालिकाले हरेक वर्ष आफ्नो सेवा क्षेत्रमा पर्ने विद्यालयको कक्षा ११ मा पढने छात्रालाई साईकल वितरण गर्दै आएको छ । 
प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्रालाई साईकल वितरण गर्न थालेपछि छात्राहरुको पढाईमा आकर्षण बढनुका साथै विद्यालय बाहिर रहेकासमेत भर्ना हुन आउन थालेपछि नगरपालिकाले उच्च शिक्षामा छात्रालाई बढोत्तरी गर्ने उद्देश्यले यो कार्यक्रम थालेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिएका छन । 
मटिहानी नगरपालिकाको वडा नं. ८ मा रहेको श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत ४४ छात्रालाई एक समारोहका बीच साईकल वितरण गरिएको जानकारी दिनहँुदै नगरप्रमुख मण्डलले भने, ‘छात्रालाइ उच्च शिक्षामा पहुँच एवं प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।’
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र जिल्ला प्रशासन कार्यालय महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले संयुक्त रुपमा साईकल वितरण गदै यसले छात्रालाई विद्यालयमा नियमितता बढने दावी गरे । 
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले मधेशमा उच्च शिक्षामा छात्राको संख्या कम हुदै गएको समयमा पालिकाले उच्च शिक्षामा छात्रालाई आकर्षणको लागि थालेको कार्यक्रमको प्रशंसा गदै कार्यक्रम निरन्तरताको लागि वधाई  दिए ।  
यसले शिक्षाप्रति छात्राको आकर्षणका साथसाथै छात्राको प्रोत्साहन बढ्ने उनको भनाई थियो । 
साईकल वितरण कार्यक्रममा मटिहानी गा.वि.स.का पूर्वध्यक्ष रामकुमार मण्डल, राजनीतिकर्मी उमाशंकर साह, नागेन्द्रलाल कर्ण, शंकर साह, प्रा. हेमनारायण लाल कर्ण, पूर्व कर्मचारी रामजी मण्डल, न.पा.का शिक्षा संयोजक चन्देश्वर साह, श्री राम माध्यमिक विद्यालय मटिहानीका प्र.अ. अजय पाण्डेलगायतका वत्ताले शिक्षा एवं साइकल वितरण सम्बन्धमा प्रकाश  पारेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार