२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सांसद बस्नेतले भने :  'जाजरकोटवासीले कर्मचारी सरह पेन्सन पाउँछन !'

सोमवार , कार्तिक १५, २०७८


जाजरकोट, कात्तिक  । पूर्वमन्त्री तथा जाजरकोटका संघीय सांसद शक्तिबहादुर बस्नेतले जाजरकोटवासीले अवकाश प्राप्त कर्मचारी सरह पेन्सन सुविधा पाउने बताएका  छन । 
प्रेस सेन्टर नेपाल जाजकोटको चौथो अधिवेशनको उद्घाटन गर्दै उहाँले निर्माणाधीन ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत आयोजनाको शेयर हरेक जाजरकोटवासीलाई प्रदान गर्ने र उक्त शेयर कर्मचारी पेन्सन सरह हुने उल्लेख गरे । 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस जलविद्युत् आयोजनाको डिपीआरको काम सकेर यसै आर्थिक वर्षभित्र निर्माण चरणमा लगिने उनको भनाइ छ । राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर बदल्ने खालको आर्थिक क्रियाकलापमा सरकार केन्द्रित रहेको उनले बताए ।
यसैबीच प्रेस सेन्टर नेपाल जाजकोटको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा लोकेन्द्रविक्रम शाही, उपाध्यक्षमा सन्देश आचार्य, कोषाध्यक्षमा रमेश पौडेल चयन भएका छन । 
निवर्तमान अध्यक्ष हेमन्त केसीका अनुसार सचिवमा कालीबहादुर नेपाली, सहसचिवमा सन्जय केसीलगायत २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार