काभ्रे, कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालले नेपाली काँग्रेस आफ्नै कारणले पराजित भएको बताएका छन । काँग्रेस महाभारत गाउँ कार्यसमितिद्धारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री कोइरालले पार्टीका नेताबीच एकता नहुँदा काँग्रेस पराजित भएको बताए ।
काँग्रेसलाई कसैले पनि हराउन सक्दैन, तर हामीले एक अर्काेलाई हराउने खेल नगर्ने हो भने भन्दै उहाँले एमाले र माआवादी मिले पनि पार्टीमा एकता भयो भने हराउन नसक्ने ठोकुवा गरे ।उनले काँग्रेसको आउँदो १४ औँ महाधिवेशनमा युवा नेतृत्व आवश्यक रहेको बताउदै उनले भने, वर्तमान नेतृत्वलाई विदाइ गर्नुपर्छ । आउँदो निर्वाचनमा काँग्रेस जित्दा मात्र विकास सम्भव रहेको बताउँदै उनले काँग्रेसले २०४८ साालमा जित्दा मुलुकमा सात हजार किलोमिटर मात्र सडक थियो, अहिले एक लाख किलोमिटर पुगेकोबताए ।उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युतीकरण लगायतमा काँग्रेस कै नीतिका कारण फड्को मारेको बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी नेपाली जनता कम्युनिष्टका मिठा कुराले पटक पटक झुक्किएको बताउनुहुँदै अब नझुकिन अनुरोध गरे । अर्का केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले विकासको नेतृत्व काँग्रेसले मात्र गर्ने भएकाले तीनै तहमा काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।काँग्रेस काभ्रेका जिल्ला सभापति मधुप्रसाद आचार्य र प्रतिनिधिसभा क्षेत्र न १ का सभापति तीर्थ लामा, ले काँग्रेस जे बोल्छ, त्यो पुरा गर्छ, भने । कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट महाभारत वडा न ७ बाट वडाध्यक्षका उम्मेदवार इन्द्रबहादुर लोसहित सयभन्दा बढी काँग्रेसमा प्रवेश गरेका थिए ।