२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

नेता पौडेलले भने : 'पार्टी नेतृत्व पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता छ '

कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कार्यकर्तामै छाडिदिनुपर्ने

सोमवार , कार्तिक १५, २०७८

कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको बताएका छन् । पार्टीमा अहिलेको आवश्यक्ता पुस्तान्तरणभन्दा पनि रुपान्तरणको छ ।

नेपाल प्रेस यूनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार, कसले राम्रो ल्याउँछ । र, कसले यो राष्ट्र हाँक्न सक्छ कसले प्रतिपक्षीको सामना गर्न सक्छ त्यस्तो नेतृत्व चाहिएको छ ।

उनले युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको आवश्यक्ता भएको बताए । पार्टी सभापति कसैलाई भागबण्डामा बनाउने कुरा नभएको भन्दै पौडेलले कसलाई सभापति बनाए पार्टी अझ बलियो हुन्छ भन्ने कुरा कार्यकर्तामै छाडिदिनुपर्ने बताए ।

पार्टी सभापति टीका लगाएर दिने कुरा होइन, उनले भने, मधेशी नै बने फरक पर्दैन् । तर यो कुरा कार्यकर्तामा छाडिदिनुपर्छ । सबैले अवसर पाउने गरी कांग्रेसले विधान बनाएको भन्दै उनले यस्तो विधान कसैको पनि नभएको दाबी गरे ।

अहिले पार्टी नै अस्तव्यस्त रहेको भन्दै उनले अहिले पार्टी व्यवस्थित गर्नकै लागि लडाइ लडिरहेको उल्लेख गरे । यो पार्टी व्यवस्थित भएपछि लोकतन्त्र पनि व्यवस्थित हुन्छ उनले भने, अहिलेको लडाइ भनेकै कांग्रेस व्यवस्थित गर्नु हो ।

पार्टीको महाधिवेसन गर्ने मंसिर २४ देखि २६ सम्मको कार्यतालिका नै अन्तिम भएको भन्दै यो समयमा महाधिवेशन हुने बताए । यो नै अन्तिम कार्यतालिका हो । यसमा फेरबदल हुँदैन् । तलमाथि हुन सक्दैन, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार