सर्लाही, कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग पार्टी एकताका लागि तयार रहेको बताएका छन ।
शनिवार सर्लाही सदरमुकाम मलङ्गवामा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहलाई सम्वोधन गर्दै प्रचण्डले सो कुरा बताएका ह’न । उनले पार्टी एकता गरेको खण्डमा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि तयार रहेको बताए ।
जसपाका वरिष्ठ नेता एवं वर्तमान सरकारका कृषि तथा पशुपन्छि विकासमन्त्री महेन्द्र राय यादवको निर्वाचन क्षेत्रमा आयोजित उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले भने, उपेन्द्र यादव, महेन्द्र राय यादवलगायतका नेताको नाम लिँदै सरकार निर्माणमा गठवन्धन भइसकेको बताउँदै भने, अब पार्टी एकतासमेत गरेर मधेसी जनताको हितमा काम गर्न पार्टी एकता गरौँ ।
उनले आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उल्लेख गर्दै भने, पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मधेशको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताए । उनले अहिलेको गठवन्धन सरकारले मधेसको नागरिकता सम्वन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रचण्डले मधेसका नागरिकको हकहितका लागि आफू प्रधानमन्त्री हुँदा दुई पकटसम्म संशोधन प्रस्ताव ल्याएर परिमार्जन गर्न खोजिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पास हुन नसकेको बताए ।