उदयपुर, कात्तिक । उदयपुरमा नेकपा एमालेको नगर नेतृत्व चयनको क्रममा एक प्रधानाध्यापक अध्यक्षमा चयन भएका छन् । “शिक्षकले राजनीति गरे जागिर चट” भन्ने कुरा चर्चामा रहेको बेला प्रअ नै अध्यक्ष बनेको छन ।
त्रियुगा नगरपालिका अन्तर्गत वडा नं. १३ असारीस्थित जनता आधारभुत विद्यालयका प्रधानाध्यापक केशब घिमिरे एमाले नगर अध्यक्ष बनेका छन । त्रियुगामा मनोनयन हुने चारमध्ये घिमिरे एक हुन् ।
शिक्षा नियमावली, शिक्षक आचारसंहिता र आचरणविरुद्ध उहाँ राजनीतिक दलको पदमा चयन हुनुभएको छ । त्यो पनि मेजर पदमा । उनले प्रअको जिम्मेवारी छाडे पनि शिक्षक जागिरबाट राजीनामा भने नदिने प्रतिक्रिया दिएका छन ।
शिक्षकको राजनीतिले विद्यालयको शिक्षामा नकारात्मक असर परिरहेको छ । शिक्षकको जागिर खाएर राजनीति गरिहिड्दा वालवालिकाको शिक्षा कमजोर बन्ने गरेको छ ।
वालवालिकाको भविष्यमाथि खेलवाड गर्ने शिक्षकलाई सरकारी जागिर दिएर राजनीति गर्ने वातावरण स्वयम् नीति, नियम निर्माणकर्ता राजनीतिक दलले गर्दै आएका छन् ।