२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सञ्चारमन्त्री कार्कीले भने : ' सरकार स्वतन्त्र न्यायालयको पक्षमा '

शनिवार , कार्तिक १३, २०७८

विराटनगर, कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।

वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो ।

उहाँले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार