काठमाडौं, कात्तिक । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकमा दशबुँदेको बिषयलाई लिएर चर्काचर्की भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच यस्तो चर्काचर्की भएको हो ।
बैठकमा उपस्थित एक केन्द्रिय सदस्यका अनुसार, उपाध्यक्ष रावलले पूर्व समझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको बिषयमा कुरा उठाएपछि अध्यक्ष ओलीले हस्तक्षेप गरेको थिए ।
ती सदस्यले डेमोखबरसँग भने, बैठकमा अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएको भनेर रावललाई भने तर आफूले केही नगरेको पक्षमा भने केही बोलेनन् । अध्यक्ष ओलीले अलि अन्यायपूर्ण ब्यवहार गरे । यो सल्टिने होइन भविष्यमा यही बिषयले दलमा रडाको ल्याउँछ ।
ओलीले संयोजक रावलले राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । रावलले अध्यक्षलाई ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?’ बैठकमा ओलीले दिएको जवाफमा रावलको प्रश्नको जवाफ नै नदिई ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो ।
किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताएर पन्छिएका थिए । ।
जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीबीच भनाभन चर्किएपछि स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले रोकेका थिए ।