२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमाले १० औं राष्ट्रिय महाधिवेशन : ' प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने'

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौँ, कात्तिक । नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यामा १ हजार ९९९ बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुको माग पछि संख्या थपिएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। बिहीबारको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने गरी मापदण्ड तय गरेको थियो।

बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, झपट रावलसहितका नेताहरुले प्रतिनिधिहरुको संख्या बढाउनु पर्ने माग गरेका थिए ।

एमाले केन्द्रीय कमिटी बैठकले कात्तिक २७ गते शनिबार देशभर एकैदिन प्रतिनिधिको छनोट गर्ने निर्णय गरेको नीरज आचार्यले बताए । एमालेले केन्द्रीय नेतृत्व छनोट गर्नका लागि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार