२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष प्रचण्ड भन्छन:'चितवनमा ठूलो राजनीतिक लडाइँ हुँदै'

शुक्रवार , कार्तिक १२, २०७८

चितवन, कात्तिक  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाइँ र टक्कर हुन लागेको बताएका छन् ।

माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनमा हुने राजनीतिक टक्कर र लडाइँले यो कुरुक्षेत्र बन्दै गएको टिप्पणी गरे ।

बुटवलमा हुने भनिएको महाधिवेशनलाई एमालेले चितवनमा गर्ने भएपछि प्रचण्डले त्यसलाई राजनीतिक टक्कर र लडाइँको रुप भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको बताए । एमालेले महाधिवेशन गर्दा आफ्नो जितको शुरुवात भएको र त्यसले फाइदा पुग्ने उनको भनाइ छ ।

उनले अगाडि भने, देशभरिको ध्यान चितवनमै केन्द्रित छ । चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुँदैछ ।

दुई कित्तामा धुव्रीकृत भएको राजनीतिको केन्द्र चितवन हुने खतरा वा गौरव प्राप्त भएको भन्दै उनले थपे, ‘जनताले जित्ने हो कि बैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।

चितवनको माडीमा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अयोध्याधाम बनाउने प्रक्रिया र रामलक्ष्मण, सीता तथा हनुमानको मूर्ति ल्याएर आफूलाई पछाडि पार्न खोजेको आशंका उनले गरे ।

राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यही गर्न लागेको छ, उनले भने । कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको उनले बताए । म डराउने खालेको मान्छे हैन,; उनले भने । चितवन छाडेर कतै नजाने प्रचण्डले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार