२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एमाले : 'केन्द्रीय कमिटी बैठक बस्दै'

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं, कात्तिक । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो ।

आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी छ । .

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार