२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौँ, कात्तिक । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।

कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ छ । फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभयो । उहाँले भन्नुभयो, सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपयो । समयमा नै अधिवेशन हुनुपर्छ ।

महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उहाँले आफू छलफलमै रहेको बताउनुभयो । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उहाँले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताउनुभयो । कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उहाँले भन्नुभयो, यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार