२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्च अदालत : ' आज पनि इजलास बस्न सकेन '

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं, कात्तिक। प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए ।

तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए ।

तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको एक न्यायाधीशले जानकारी दिए ।

सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित छन् । उनीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने जनाएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार