काठमाडौँ, कात्तिक । नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अधिवेशनको दिउँसो १ बजे भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।
दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्नका लागि एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशनको कार्यक्रम राखेको हो । गत शुक्रबार अर्थात कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ ।