२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

वरिष्ठ नेता पौडेलले भने:‘काङ्ग्रेस महाधिवेशन छिटो हुनुपर्छ’

सोमवार , कार्तिक ८, २०७८

बाँके, कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन छिटो भन्दा छिटो सम्पन्न गर्नेतर्फ पार्टी नेतृत्वको ध्यान जानुपर्ने बताएका छन । सभापतिज्यूलाई महाधिवेशनको बारेमा निर्णय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुस् भनेको छु वरिष्ठ नेता पौडेलले भने ।

नेपाल प्रेस यूनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीलाई वैधानिक सङ्कटमा फस्न नदिन छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको बताए ।वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका पछि धकेलिएपछि समस्या आउन सक्ने बताए । उनले पार्टीको आसन्न महाधिवेशनमा आफू फेरी सभापतिमा प्रतिस्पर्धा गर्ने बताउँदै अहिले समूहमा धेरैजना दावेदार देखिए पनि अन्तिममा सहमतिका आधारमा आफू मात्रै उम्मेदवार हुने दावी गरे ।

कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेको भएपनि राम्रो काम गर्न नसक्दा अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार बनेको छ । अब सरकारले जन अपेक्षा अनुसार अघि बढ्नुपर्छ नेता पौडेलले भने । उनले अहिले पाँच दलीय गठबन्धन रहेको भन्दै देशको परिस्थितिका आधारमा गठबन्धन बन्ने वा काङ्ग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने भन्ने निक्र्यौल हुने बताए ।पार्टी एक्लै निर्वाचनमा जानुपर्ने काँङ्ग्रेसका आम कार्यकर्ताको भावना रहेको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार