जनकपुरधाम, कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अव मुलुकमा दलीय अधारमा पूर्ण समानूपातिक निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखेका छन । प्रदेश नं. २ को राजधानी जनकपुरधाममा सोमबार जनता समाजवादी पार्टी जनकपुरधाम उप महानगरपालिकाले विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।उनले वर्तमान निर्वाचन प्रणाली उपयुक्त नभएको र यसले मुलुक अगाडी बढन नसक्ने बताउनु भयो ।
गरिव देशमा महगा निर्वाचन प्रणाली भएपछि पुँजीपतिहरु मात्रै संसद र प्रदेश सभा सदस्य हुने र जनताको सेवामा लागेका वा विदव्त उपयुक्त मान्छे सहि ठाँउमा नपुगेको धारणा राखे ।उहाँले दलीय आधारमा पूर्ण समानूपातिक निर्वाचन प्रणाली नेपालमा मात्रै हैन विश्वको ७१ वटा देशमा लागु भइसकेको र यस प्रणालीवाट निर्वाचन हुँदा उम्मेदवारलाई खर्च पनि कम हुने बताए ।अध्यक्ष यादवले मुलुकको अहिलेको न्याय प्रणाली एकात्मक रहेको चर्चा गर्दै मुलुक संघीयतामा गइसकेपछि रुपान्तरण हुनु जरुरी रहेको बताउँदै उनले भने, संघीय गणतन्त्र भएपश्चात मुलुक संघीयतामा गएको छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउन जरुरी छ ।
उनले मुलुकमा कृषिको आधुनिकिकरण र व्यवसायीकरण भएमा मुलुकमा देखिएको गरिवी र वेरोजगारी समाप्त भई देश विकास एवं समृद्धिको वाटोमा अग्रसर हुने धारणा राखे । उनले राजनीति समाज सेवाका लागि हुनुपर्ने बताउदै राजनीतिकर्मीले आफनो रहन सहन र व्यवहारमा परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले अझै पनि समाजमा असमानता र विभिन्न खालका विकृति कायम रहेको भन्दै समाजमा देखिएका महिला पुरुषवीचको असमानता र विकृतिलाई हटाउनसकेमा मात्रै हाम्रो समाज विकास हुने धारणा थियो ।
उनले मिथिलाको कला र संस्कृति अनुपम रहेको भन्दै यसलाई लोप हुनवाट जोगाउनुपर्ने बताउदै भने, मिथिलामा महिला दिदी वहिनीले खेल्ने समाचकेवा, झिझिया नृत्यहरु लोप भइरहेको छ । यस्ता संस्कृतिलाई जोगाउनुपर्छ । उनले गठबन्धन वर्तमान सरकारले जनतालाइ फरक किसिमको अनुभूति हुने किसिमले कामकाज गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश नं.२ का मुख्यमन्त्री लालवावु राउतले समतामूलक समाज निर्माणका लागि प्रदेश सरकारले विभन्न क्षेत्रमा काम गरिरहेको धारणा राखे ।