२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'तत्काल राहतको व्यवस्था गरिनुपर्छ ' : वरिष्ठ नेता पौडेल

आइतवार , कार्तिक ७, २०७८

भजनी, कात्तिक। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो ।

बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुयाएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ, उहाँले भन्नुभयो, अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताउनुभयो ।

कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ, उहाँले भन्नुभयो, जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।

वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार