२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस नेता सिंहले भने :  ‘कुनै बहानामा महाधिवेशन सार्न हुँदैन’

आइतवार , कार्तिक ७, २०७८


जनकपुर, कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको संस्थागत सुदृढीकरणका लागि आगामी १४औँ महाधिवेशन निर्धारित मितिमा नै गर्न नेतृत्वसँग माग गरेका छन । 
नेपाल प्रेस युनियन धनुषाले आइतबार जनकपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले यस्तो माग गर्दै भने, १४औँ महाअधिवेशनको मिति अहिलेसम्म चार पटक परिवर्तन भइसकेको छ, अर्ब  कुनै पनि बहानामा पर सार्न हुँदैन ।   
काँग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वले समितिमाथि समिति निर्माण गरेर पछाडि धकेल्न नमिल्ने भन्दै उनले पार्टीलाई गतिशील बनाएर मुलुकमा आर्थिक क्रान्तिको नेतृत्व लिन जरुरी रहेको बताए ।   
पूर्वउपसभापति एवं उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले रसुवा र रौतहटमा मात्रै क्रियाशील सदस्यताको विवाद रहेको र ती दुई जिल्लाको समस्या समाधान गरेर तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्ने काँग्रेस नेता तथा कार्यकर्ताको चाहना रहेको बताए । 
महाधिवेशनमार्फत काँग्रेसको नेतृत्व फेरिनुपर्ने पक्षमा आफूहरू रहेको भन्दै नेता सिंहले सोही अनुरूप आफूले सभापति पदमा उम्मेदवारी दिने पक्का रहेको बताए । उनले आफ्नो उम्मेदवारीको विषयमा पार्टीका विभिन्न नेतासँग छलफल जारी रहेको पनि बताए । 
इमानदार नेताको पक्षमा नेतृत्व दिन काँग्रेस कार्यकर्ता आतुर देखिएको बताउँदै उनले दुई तिहाइको कम्युनिस्ट सरकारले जनता, लोकतन्त्र तथा विधिको शासनमाथि निरन्तर रूपमा नै प्रहार गरेपछि लोकतन्त्रको रक्षा तथा विधिको शासनका लागि वर्तमान गठबन्धन सरकार बनेको उल्लेख गरे । 
गठबन्धन सरकारले ८८ दिनपछि पूर्णता पाएको भन्दै उनले थपे, यसका बाबजुद पनि कोरोना नियन्त्रण गर्न खोप अभियान निक्कै सफल भयो ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार