गौर, कात्तिक । जनता समावादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनबाट प्राप्त अधिकारको रक्षाका लागि लडाइँ जारी रहने बताएका छन ।
प्रेस मञ्च रौतहटले आइतबार गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, 'देशलाई समृद्धिको बाटोतर्फ लैजान विकृति विसङ्गति, अन्याय, अत्याचार, अनियमितता तथा विभेदलाई अन्त्य गर्नुपर्छ ।'
उनले सुशासन तथा विकासको अनुभूति सर्वसाधारणमा दिलाउन वर्तमान सरकारको उच्च प्राथमिकता रहेको स्पष्ट गर्दै भने, 'वर्तमान शासकीय स्वरूप तथा निर्वाचन प्रणालीलाई बदल्नुपर्ने अवस्था छ ।'
उनले थपे, 'यसले देशमा राजनीतिक अस्थितरता कायम रहेकाले सिधै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली हुनुपर्छ ।' अध्यक्ष यादवले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रताका साथ अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, 'शिक्षा, स्वास्थ्यलगायतका हरेक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ ।'
पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफमा अध्यक्ष यादवले विज्ञहरूको एक आयोग गठन गरी संविधानमा भएका त्रुटिलाई पहिचान एवं संशोधन गर्नुपर्छ, यसका लागि सबै पार्टीबीच पनि समझ्दारी हुनुपर्छ ।'
अध्यक्ष यादवले बेमौसमी वर्षाका कारण देशको विभिन्न ठाउँमा आएको बाढीले किसानको खेतमा पाकेको धानसहित ठूलो जनधनको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन आपूmले पहल गर्ने धारणा राखे ।