२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विपत्तिमा एक भएर अघि बढ्नुपर्छ : कांग्रेस प्रवक्ता

शुक्रवार , कार्तिक ५, २०७८


दमक,  कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । 
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले आज कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे ।

 
सरकारले विपत्तिलगत्तै गरेको निर्णय प्रशंसनीय भएको चर्चा गर्दै उनले भने, “सरकारले गरेको निर्णय निष्पक्ष कार्यान्वयन गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्छ ।” 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार