२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस नेता सिंहले भने : 'देउवा र पौडेलले रिटायर्ड लिनुस्'

शुक्रवार , कार्तिक ५, २०७८

धादिङ, कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट रिटायर्ड लिन आग्रह गरेका छन । 
आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई भेट्न धादिङ गएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेकाले अबको नेतृत्व पुरानाले होइन नयाँले गर्नुपर्ने बताए ।

अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उहाँको माग छ यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीनपटक महाधिवेशन तोकेर पनि सर्दै आएकामा चिन्ता व्यक्त गरे ।

अझै तीन जिल्लामा सदस्यता विवाद भएकाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन अनुसार गर्नुपर्ने बताए । पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागत रूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने बताए । पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियानमा आफू लागेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार