२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

वाग्मती प्रदेश : 'कांग्रेस र नेकपा (एस) ले आलोपालो नेतृत्व गर्ने '

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौँ, असाेज । वाग्मती प्रदेश सरकारको नेतृत्वमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आलोपालो गर्ने सहमति गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा नेताहरुबीच वाग्मती प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

०७४ को मंसिरमा प्रदेशसभाको निर्वाचन भएको थियो। संविधानअनुसार प्रदेशसभाको आयु ५ वर्षको हुन्छ। त्यस आधारमा प्रदेशसभाको कार्यकाल सकिन अब एक वर्ष बाँकी छ सहमति अनुसार प्रदेशसभाको बाँकी कार्यकालमध्ये पहिलो आधा कार्यकाल अर्थात् छ महिना एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नेछन।

त्यसपछिको बाँकी कार्यकालमा कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रधानमन्त्री देउवानिकट एक नेताले जानकारी दिए। केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम बिहीबार वाग्मती प्रदेशसभा बैठकअघि गठबन्धनका प्रदेशका संसदीय दलका नेताहरुबीच समेत छलफल भएको थियो।

छलफलका क्रममा नेताहरुबीच केन्द्रमा गठबन्धनका नेताहरुबीच भएको सहमतिको कार्यान्वयन गर्ने सहमति जुटेको थियो। पहिलो छ महिना पाण्डेजीले सरकारको नेतृत्व गर्नुहुनेछ, त्यसपछि बानियाँजीले नेतृत्व गर्नुहुन्छ। त्यहीअनुसार मन्त्रालयहरु समेत बाँडफाँड गरेर अघि बढ्ने गठबन्धनमा सहमति भएको छ, कांग्रेसका एक वाग्मती प्रदेशसभा सदस्यले भने।

हाल वाग्मती प्रदेशमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । तर, उनी नेतृत्वको सरकार अल्ममतमा बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत मागिन् भने गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवारका रुपमा नेकपा (एस)का नेता पाण्डेलाई अघि सारेको छ बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि बोल्नेक्रममा कांग्रेसका संसदीय दलका नेता बानियाँले पनि पाण्डेको नाममा समर्थन जनाएका थिए। एमालेले पार्टीको महाधिवेशनलाई कारण देखाएर समय मागेपछि सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय सहमतिमै विश्वासको मतको बाँकी प्रक्रियाका लागि कात्तिक १० गते दिउँसो १ बजेका लागि अर्को बैठक राखेका छन्।

प्रदेशसभा बैठकमा विश्वासको मतको छिनोफानो हुनेछ। अहिलेकै राजनीतिक परिस्थितिमा फेरबदल नभए शाक्यले विश्वासको मत पाउने छैनन् । प्रदेशसभामा हाल १०९ (सभामुखसहित) सांसद छन्। त्यसमध्ये विपक्षी गठबन्धनले बहुमत जुटाइसकेको छ। गठबन्धनमा माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादीका १ गरी ५९ सांसद छन् ।  कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार