२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : ' ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु'

बिहिवार , कार्तिक ४, २०७८

काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना निको हुने दर ९७।२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार