२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अर्थमन्त्री शर्माले भने : 'सरकार बाढी, पहिरो प्रभावितको व्यवस्थापनमा जुट्यो' 

बुधवार , कार्तिक ३, २०७८

सर्लाही, कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान प्रभावितको व्यवस्थापनमा जुटिसकेको बताएका छन । माओवादी केन्द्रका नेता शिवपुजन रायका पिता अमिरिलालको श्रद्धाञ्जली सभामा सहभागी हुन सर्लाही आउनुभएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितको उद्धारको काम भइरहेको र यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने बताए ।

बेमौसमी वर्षाले तराई, पहाड सबैतिर जनधनको व्यापक क्षति गरेकोप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाई छ । अर्थमन्त्री शर्माले परिवर्तन नचाहनेले अहिले माओवादी पार्टी र यसका अध्यक्ष प्रचण्डमाथि आक्रमण गरिरहेका पनि बताए ।

पार्टीको स्थायी कमिटी सदस्य अर्थमन्त्री शर्माले चौतर्फी घेराबन्दीका बाबजुद आफूहरु देशलाई अग्रगमनतर्फ लैजान र परिवर्तन संस्थागत गर्न लागि परेको बताए ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वरराय यादवको अध्यक्षतामा पार्टीको तर्फबाट श्रद्धाञ्जली सभा आयोजना गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिएका छन ।

मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पूर्व सांसद नरेन्द्र साहलगायतले ब्यारेजको अवस्थाबारे अवगत गराए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार