२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विपद् व्यवस्थापन परिषद् बैठक

सरकारले निर्णय : 'अविरल वर्षाले वासस्थान गुमाएकालाई ५० हजार दिने '

बुधवार , कार्तिक ३, २०७८

काठमाडौँ, कात्तिक । गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार दिने सरकारले निर्णय गरेको छ।

बुधवार सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएको बताए।

उनले बुधवार मध्यान्हसम्म ५२ जनाको निधन भएको र २० वटा घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार