सर्लाही, कात्तिक । स्थानीय चुनावमा आफ्नो पकड बलियो बनाउने उद्धेश्यले राजनीतिक दलहरु दशैं दिपावली, छठ र इद पर्वको अवसरमा शुभकामना कार्यक्रमसँगै संगठनलाई बलियो बनाउन सक्रिय रहेका छन ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ता चाडपर्वको समयलाई संगठन निर्माण तथा सुदृढीकरणका लागि सक्रिय भएका हुन् ।
नेपाली काँग्रेस सिरहाले १७ वटा पालिकाको वडा अधिवेशन र पालिका अधिवेशनमा आफ्नो पक्षलाई बलियो बनाउन र आउने स्थानीय चुनावमा नेपाली काँग्रेसलाई जिल्लाकै ठूलो पार्टी बनाउन लागि परेको नेपाली काँग्रेस सिरहाले जनाएको छ ।
नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवका अनुसार केन्द्रबाट क्रियाशील सदस्यको सूची सार्वजनिक भैसकेकाले दशैं तिहारकै बीचमा अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ता आफू नेतृत्वमा आउन सक्रियतापूर्वक लागेको छन ।
नेकपा एमालेबाट विभाजित भएका नेकपा एकिकृत समाजवादी पार्टीले जिल्लाको १६५ वटै वडालाई केन्द्रित गरेर कमिटि निर्माण गर्न भेला गरिरहेको जिल्ला सचिव योगेन्द्र सिंहले बताएका छन ।
चाडपर्वको शुभकामना र आउने स्थानीय चुनावमा एककिकृत समाजवादीको पक्कड बलियो बनाउन चाडपर्वको समयमा पनि अगुवा नेता कार्यकर्ता व्यवस्त रहेको उनले जानकारी दिएका छन ।
नेकपा माओवादीका सबै तहका नेता कार्यकर्ता चाडपर्वको समयमलाई सदुपयोग गर्दै संगठन निर्माण प्रशिक्षण तथा पार्टी प्रवेशको कार्यक्रमलाई निरन्तरता दिइरहेका छन । संगठन सुदृढीकरण तथा निर्माण कार्य चलिरहेको जिल्ला अध्यक्ष रामकुमार यादवले बताएका छन ।
गएको स्थानीय चुनावमा ६ वटा पालिकामा जित हासिल गरेको नेकपा माओवादीले आउने स्थानीय निर्वाचनमा पनि जिल्लाको पहिलो पार्टी रहने गरी संगठन कार्यमा लागेको उनले प्रष्टयाए ।
जनता समाजवादी पार्टीमा विभाजनको असर हुन नदिन र अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टीमा भित्रयाउन ‘सुज’ अभियान अन्तर्गत सबै तहका नेता कार्यकर्ता जिल्लाभरि सक्रिय रहेको पार्टीका जिल्ला उपाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए ।
उनका अनुसार पार्टी विभाजनको खासै असर सिरहा जिल्लामा नपरेको र सुज अभियानबाट पार्टी झन् बलियो भएकाले आउने स्थानीय निर्वाचनमा जिल्लाको पहिलो पार्टी हुने गरी पार्टीले विविध प्रशिक्षण र संगठनात्मक कार्यक्रम चाडपर्वमा पनि रोकिएको छैन ।
नेकपा एमालेले अधिवेशनको लागि सदस्यता वितरण र नविकरण कार्य सकिएर कातिक ६ गतेसम्ममा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । सो अनुरुप चाडपर्वको समयमा पार्टीका हरेक तहका नेता कार्यकर्ता शुभकामना र संगठन निर्माणको कार्यमा सक्रिय रहेको एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।
२०७४ सालको स्थानीय तहमा कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई नगरपालिका र अर्नमा र औरही गाँउपालिका गरी छ पालिकामा नेकपा माओवादी, सिरहा नगरपालिका,
भगवानपुर गाँउपालिका, विष्णुपुर गाँउपालिका, लक्ष्मीपुर पतारी र बरियारपटि गरी पाँचवटामा जनता समाजवादी, लहान, सुखीपुर नगरपालिका सखुवानन्कारकटि र नरहा गाँउपालिका गरी चार वटामा एमाले र कल्याणपुर नगरपालिका र नवराजपुर गाँउपालिकामा गरी दुई पालिकामा नेपाली काँग्रेसले जित हात पारेको थियो । सखुवानन्कारकटी गाँउपालिकाका जनप्रतिनिधि एमाले विभाजित भएपछि नेकपा एकिकृत समाजवादीको पक्षमा लागेको छ ।