२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

‘सुकुम्बासी समस्या सबैको साझा’ : प्रबत्ता शर्मा

मंगलवार , कार्तिक २, २०७८

झापा, कात्तिक । नेपाली काँग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले सुकुम्बासी तथा भुमिहिनको समस्या सबैको साझ भएको बताएका छन । उनले यो समस्या सामधानका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन ।

झापाको बुद्धशान्ति गाँउपालिकाको शान्तिनगरमा आयोजित कार्यक्रममा शर्माले भने, बर्षौ बसोबास तथा भोगचलन गरेको सम्पतीको धनीपुर्जा नपाउनु दुखद भएको भन्दै अब यो समस्या राखिरहन हुँदैन ।

अहिले बनेको भुमि ब्यवस्थापन आयोगले सुकुम्बासी तथा भुमिहिनको समस्या सामधान गर्ने आशा गरेको पनि जनाउनु भएको छ । निर्वाचनको र निश्चित समयमा मात्र कुरा गर्ने भन्दा पनि राजनीतिक आग्रहभन्दा माथि उठेर काम गरेमा समस्या सामधान हुने उनको भनाई थियो ।

यो देश मेरो हो, यो देशको माटो मेरो हो भनेर भनिरहँदा आफुले बर्षौदेखि भोगेको माटोको स्वामित्व नपाउनु दुखद हो , उनले थपे ।भूमिसम्बन्धी समस्या सामधान आयोगका अध्यक्ष केशव निरौलाले अघिल्लो आयोगले गरेको कामलाई आधार मानेर चाँडोभन्दा चाडो सुकुम्बासी तथा भुमि सम्बन्धीको समस्या सामधान छिटोभन्दा छिटो गर्ने जनाएका छन ।

यो समस्या लामो समयसम्म नलागोस भनेर हामीले काम शुरु गरेका छौ, उनले भने । आयोगका अध्यक्ष निरौलाले शान्तिनगर झोडामा पुगेर यहाँका अब्यवस्थित बसोबासी तथा भुमिको समस्या भोग्दै आएका नागरिकको समस्याको बारेमा जानकारी लिएका छन ।

सो अवसरमा काँग्रेस प्रवक्ता शर्माले यहिबाट समस्या सामधान गर्न शुरु गर्न आयोगका अध्यक्ष निरौलालाई आग्रह पनि गरे । भूमिसम्बन्धी समस्या समाधान आयोगका अनुसार, हालसम्म भूमिसम्बन्धी बढी समस्या भएका ३१९ स्थानीय तहको लगत संकलन सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार