२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी बैठक: राष्ट्रिय सम्मेलनका बिषयमा छलफल

सोमवार , कार्तिक १, २०७८

काठमाडौं, कात्तिक । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनकै बिषयमा छलफल भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पार्टीको आगामी सम्मेलनलाई मुख्य बिषय बनाएर छलफल गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन ।

राष्ट्रिय, प्रदेश र ;स्थानीय तहका सम्मेलन, पार्टी सदस्यता नविकरण र पार्टीको विभागहरु गठन गर्ने विषयमा छलफल भएको महराले स्पष्ट पारे ।बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै महराले बैठकमा खास गरेर आगामी सम्मेलनको बारेमा कुरा उठेको र अरु धेरै प्रस्तावमा छलफल भएपनि बैठक पुनः भोलि बस्ने गरि स्थगित भएको बताए । बैठकमा उठेका कुरालाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने निर्णय गरेको बताउँदै भोलिका बैठकले आज उठेका बिषयमा निर्णय गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार