काठमाडौं, कात्तिक। दमको समस्याले अस्पताल भर्ना हुनु भएको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल अस्पताल ;पुगेका छन । सोमबार, प्रचण्डले वैद्यको स्वास्थ्य लाभको कामना गर्नुभएको पनि प्रचण्ड सचिवालयले जनाएको छ ।
प्रचण्डको प्रेस प्रेस संयोजक विष्णु सापकोटाले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले प्रचण्डलाई जानकारी गराएका थिए । उनको स्वास्थ्य क्रमशः सुधारोन्मुख भैरहेको र केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकले जानकारी गराएका थिए । प्रचण्डसँगै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादव पनि अस्पताल पुग्नु भएको थियो ।आइतबार नै वैद्यको छातिको एक्सरे गरिएको थियो । वैद्य लामो समयदेखि दमबाट पीडित हुनुहुन्छ ।