२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको ब्रिफिङ : 'हमाल कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् '

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौँ, असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई कांग्रेसको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको भन्दै मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले हमालको नियुक्तिबारे स्पष्टीकरण दिएका हुन्।अदालतको समेतको भागबन्डा मिलाउन हमाललाई नियुक्त गरिएकोबारे सार्वजनिक रुपमा आएपछि देउवाले त्यसबारे आएका समाचारहरू सत्य नरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा कुनै भ्रममा नपर्न आग्रह गरे।

मन्त्रिपरिषद् गठनसम्बन्धी विषयमा संप्रेषित भइरहेका समाचारहरूमा सत्यता छैन, उद्योग वाणिज्यमन्त्री गजेन्द्र हमाल कांग्रेसको तर्फबाट जिम्मेवारी वहन गर्नु भएको हो, प्रवक्ता कार्कीले भने, प्रधानन्यायाधीससँग नाम जोडिएको कुरा निराधार हो ।

हमालले कांग्रेसमा लामो समय योगदान गरेको भन्दै प्रधानमन्त्री देउवाले ब्रिफिङ गरेका थिए। बैठकले सार्वजनिक खर्च मितव्ययिता बनाउने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार