२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : 'देशभर ७६४ मा कोरोना सङ्क्रमण ,१० को मत्यु'

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौँ, असोज । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । सङ्क्रमण दर १८.७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म सात लाख ७४ हजार १७३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ ।

अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २१० को मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् ।

आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार