२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मन्त्रीपरिषद बिस्तार

कांग्रेसमा मन्त्री बन्न दौडधूप : ' ज्ञानेन्द्र कार्की सञ्चार मन्त्रीमा  जाँदै  !'  

 कांग्रेसको भागमा ८ मन्त्रालय : अब  चारजना  मन्त्री थपिने

शुक्रवार , आश्विन २२, २०७८

 

काठमाडौँ, असोज ।  सत्ता गठबन्धन बैठकले मन्त्रालय भागबन्डाको विषय टुंग्याएसँगै अब कांग्रेसभित्र पनि मन्त्री बन्नेको नाम छनोट गर्न कांग्रेस शीर्ष नेताबीच छलफल चलेको छ ।  कांग्रेसबाट अब  चारजना  मन्त्री थपिने भएपछि मन्त्री बन्न दौडधूप  सुरु भएको छ । सरकारलाई पूर्णता दिन सहमति जुटेपछि देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दै छन ।

 कांग्रेसको भागमा ८ मन्त्रालय राखेका छन् । त्यसमध्ये कानुन, न्याय तथा संसदीय मामिला र रक्षा पौडेल पक्षलाई दिने तयारी देउवाको छ । कृष्णप्रसाद सिटौला पक्षलाई पनि एउटा मन्त्रालय दिले तयारी छ ।  सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्‍ने करिब निश्‍चित छ ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गरी ३ मन्त्रालय कांग्रेससँगै छन् । तर, कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि कानुनसहित बाँकी रहेका ४ मन्त्रालयमा देउवाले नयाँ मन्त्री थप्नेछन् ।

मन्त्री  वरिष्ठ नेता पौडेललाई १, महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी  देउवाको छ ।  कसलाई बनाउने भनेर छलफल भइरहेको छ । 

कांग्रेसमा अहिले मन्त्री बन्नेको सूचीमा  पुष्पा भुसाल, उमा रेग्मी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्येबाट मन्त्री थपिने सम्भावना छ । 
बुधबार बालुवाटारमा देउवाले पौडेल, कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग मन्त्रीको नामबारे छलफल गरेका थिए । देउवाले २ जनामात्रै मन्त्री बनाउन सक्ने भनेपछि वरिष्ठ नेता पौडेलले तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुको नाम लिएका थिए ।

महामन्त्री कोइरालाले भने मिनेन्द्र रिजालको नाम लिएपछि उनी मन्त्रीमा जाने  पक्का  जस्तै भएको छ । 
 देउवाले आफ्नो तर्फबाट थप गर्ने एक जना भने पुष्पा भुसालको प्रबल सम्भावना छ ।

 ‘मन्त्री छान्ने प्रधानमन्त्रीले हो, आकांक्षी धेरै छन, अहिले यस्तै हुन्छ भन्न सकिन्नँ । तर, पार्टीभित्रको समीकरण मिलाएर नै गर्नुपर्ने दबाब छ,’ एक नेताले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार