२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस शीर्ष नेता बैठक

सत्ता गठबन्धन दल : "दुई दिनभित्र मन्त्री बन्नेको सूची आउने "  

सहमहामन्त्री डा. महतले भने : 'कांग्रेसमा कुरा मिलिसक्यो, समस्या छैन, नेता पौडेलबाट भनेका बेला नाम आउँछ'

बुधवार , आश्विन २०, २०७८

काठमाडौँ, असोज । नेपाली कांग्रेसको आज शीर्ष नेता बैठक बसेको छ । शीर्ष नेताको सो बैठकले कांग्रेस महाधिबेशन र मिलाउन बाँकी क्रियाशिल सदस्यताका बिषयमा छलफल भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो । आज बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद बिस्तार बारे भो खासै छलफल नभएको बताउँदै भन्नुभयो, 'अन्य दलले दुई दिनभित्रमा नामावली दिने बचन दिएका छन, नाम आउँदाबित्तिके शपथ ग्रहण हुन्छ,।'

उहाँले भन्नुभयो, नेपाली कांग्रेसमा कुनै समस्या नभएको र रामचन्द्र पौडेलले पनि नाम दिने भन्नुभएको छ, त्यो आउँदैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज महाधिबेशन लगायतका बिषयमा छलफल गर्न शीर्ष नेता बैठक बोलाउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेता सहभागी थिए । बालुवाटार बैठकअघि पौडेल र सिटौलाले आफूनिकट नेतासँग छुट्टै छलफल गरेका थिए ।

हाल कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र, ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भइसकेका छन् ।

पौडेल समूहले अब बन्ने मन्त्रीमध्ये तीन मन्त्री आफ्नो समूहबाट हुनैपर्ने दाबी गरेको छ ।मंगलबारको सहमति बमोजिम कांग्रेसले अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार