२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

परराष्ट्रमन्त्री डा. खड्काले भने : 'मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर'

बुधवार , आश्विन २०, २०७८

काठमाडौँ, असाेज । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताउनुुभएको छ । उहाँले भन्नुुभयो, घरेलु राजनीति एकताबद्ध र ठिक छ, दलबीच कुनै विवाद छैन भने त्यसले परराष्ट्र नीतिलाई गतिलो आधार र दिशानिर्देश गर्छ ।

परराष्ट्र मन्त्रालय देशको ऐना भएको बताउँदै मन्त्री खड्काले भन्नुुभयो, परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित बधाई तथा शुुभकामना बैठकमा उहाँले भन्नुुभयो, हाम्रा कतिपय सम्बन्ध स्पष्ट छैन, कूटनीतिभन्दा पनि भावनामा बगेर गरिएका कारण समस्या पैदा भएको छ ।

भावनामा बढेर चलाएको कूटनीतिले कहिले पनि सकारात्मक नतिजा नदिने बताउँदै परराष्ट्रमन्त्री खड्काले भन्नुुभयो, ;यथार्थ नबुुझेर गरिएको कूटनीतिले समस्या पैदा गरेमा सम्हाल्न गाह्रो हुन्छ, सबैभन्दा ठूलो विषय भनेको कूटनीतिमा सन्तुलन कायम गर्न सक्नुपर्छ ।

राष्ट्रहित, स्वतन्त्रता, स्वाभिमान, क्षेत्रीय अखण्डता, विश्वशान्तिजस्ता आधारभूत सिद्धान्तबाट बाहिर नभई कूूटनीतिलाई अघि बढाउन आवश्यक रहेको बताउँदै उहाँले सरकार परिवर्तनसँगै नीति बदल्ने परिपाटीमा सुधारको खाँचो औँल्याउनुुभयो । राष्ट्रहित भनेको दल विशेषको नभई साझा एजेण्डा भएको बताउँदै परराष्ट्रमन्त्री खड्काले एमसिसीलगायत विषय दलबीचको सहमतिका आधारमा छिनोफानो हुने स्पष्ट पार्नुुभयो ।

संयुुक्त राष्ट्रका महासभामा भाग लिने क्रममा भएका छलफल, विचारविमर्श र सम्बोधनबाट देशको शिर ठाडो राख्दै गौरव गर्ने काम भएको पनि उहाँले स्पष्ट गर्नुभयो । यसअघि बैठकमा सभापति र सदस्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका ज्ञान हासिल गर्नुुभएका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएकाले नेपालको कूटनैतिक छविमा सुधार आउने विश्वास व्यक्त गर्दै उहाँलाई बधाई तथा शुुभकामना व्यक्त गर्नुुभयो ।

संविधानको मर्म र भावनाअनुुरूप विषय विज्ञ, क्षमता र समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राजदूूत नियुक्तिमा ध्यान पुुयाउन पनि उहाँलाई सुुझाव दिइयो । सजगताका साथ छिमेकीसँग कुुशल कूटनीति सम्बन्ध कायम गर्न सल्लाह दिँदै सदस्यले परराष्ट्रमन्त्रीको योग्यता र क्षमताप्रति सबैको आशा र भरोसा भएकाले नेपालको कमजोर कूटनीतिलाई सुुदृढ तुुल्याउन सुुझाव दिनुुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार