काठमाडौँ , असाेज । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
यसअघि माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री बनिसकेका छन्।