२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभाको बैठक : ' प्रतिपक्षी दलको अवरोध कायमै'

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं, असोज । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेधका कायमै राख्दा सुचारु हुन सकेन । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गर्नुभएको थियो ।

उहाँले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको समेत स्मरण गराउनु भएको थियो ।

प्रतिपक्षी दलको अवरोधकै बीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७६/ ७७ पेश गर्नुभएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक यही असोज २२ गते शुक्रबार दिन १ बजे बस्नेछ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार