२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं कांग्रेस : 'महानगर सभापतिमा नीलकाजी विजयी'

आइतवार , आश्विन १७, २०७८

काठमाडौं, असोज । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।

नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।

उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार