विराटनगर, असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङ सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर मानगरसहित १२ र देउवा समूह पाँचवटा स्थानीय तहमा विजयी भएको दाबी गरिएको छ ।
विराटनगर महानगरको सभापतिमा दिपक चापागाई २१२ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित हुनुभएको हो ।
सभापतिमा निर्वाचित चापागाई नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला निकट मानिन्छन् । देउवा पक्ष निकट न्यौपानेले भने १६५ मत प्राप्त गरे । महानगर सभापतिका लागि चारजना वीच प्रतिष्पर्धा भएको थियो । विराटनगर महानगरका सभापतिका लागि चार जनाले उमेद्वारी दिएका थिए । अन्य दुई अरुण न्यौपाने र कृष्ण कार्की हुन, जसमा कार्कीले १३३ र न्यौपानेले १२७ मत प्राप्त गरे ।
आइतबार विहान घोषित अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा कोइराला समूहबाट इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा संस्थापनकी झुमा निरौला र कोइराला समूहका तेजिन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल कोइराला र सचिन पोखरेल संस्थापन समूहबाट निर्वाचित भएका हुन । महानगर अधिवेशनमा ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।
जिल्लाका १७ वटा स्थानीय तहमध्ये तीनवटामा शुक्रबार र एउटामा शनिवार सर्वसम्मत भएको थियो । नयाँ नेतृत्व चयनका लागि १३ वटा स्थानीय तहमा शनिबार मतदान भएको थिए ।
जसमा मिक्लाजुङमा बबि राई निर्वाचित हुनुभएको छ । निर्वाचित राईले १३७ मत प्राप्त गर्नुभयो भने उहाँनका निकटतम प्रतिस्पर्धी अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गर्नुभयो । निर्वाचित राई पौडल समूहका हुन ।
कानेपोखरीमा पौडेल–कोईराला समुहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन । देउवा समुहका दीपक चौलागाईले ७१ मत प्राप्त गरे । सुनवर्षी नगरपालिकामा देउवा समुहका कमल किशोर गनगाई निर्वाचित भए ।
पथरीशनिश्चरे नगरपालिकामा पौडेल– कोईराला समुहका रुपनारायण भट्टराई निर्वाचित हुनु भएको छ । निर्वाचित भट्टराईले ८२ मत प्राप्त गरे । रङ्गेलीमा नगरपालिकामा देउवा समुहका जगरनाथ मण्डल निर्वाचित हुनु भएको छ । सुन्दरहरैचामा पौडेल–कोइराला पक्षका भक्तिप्रसाद सिटौला १६९ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
लेटाङमा पौडेल–कोइराला समुहका दिपकचन्द्र राई ६० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । ग्रामथानमा देउवा समुहका तुलसी (किरण) विश्वास निर्वाचित हुनुभएको छ । उनले ९३ मत प्राप्त गरे । बूढीगंगामा पौडेल–कोइराला समुहका जितनारायण थापा ७६ मत ल्याएर विजयी भएका छन । । थापाका निकटतम प्रतिष्पर्धी रेवतीनारायण चौधरीले ५४ मत प्राप्त गनु भएको छ ।
यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित हुनु भएको थियो । निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्नेत पौडेल–कोइराला समूहका हुन । शनिवार सर्वसम्मत भएको रतुवामाईको सभापतिमा पोष्टबहादुर बस्नेत निर्विरोध हुनु भएको थियो ।