२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस अबिधेशन : मुस्ताङको सभापतिमा गौचन 

आइतवार , आश्विन १७, २०७८

म्याग्दी, असोज । पूर्वमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ । थासाङ गाउँपालिका ३ लेतेमा शुक्रबार सम्पन्न जिल्ला अधिबेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिएका छन ।

सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुनुहुन्छ । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भए । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधीले कार्यसमितिका १५ सदस्य पनि सर्वसम्मत चयन गरेका छन् ।

सभापतिमा निर्वाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षा अनुसार मुस्ताङमा पार्टीलाई बलीयो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताए । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मुस्ताङका सबै वडा र पालिका पनि सहमतिमा नेतृत्व चयन भएको थियो ।

घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर ;दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२ ३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार